एजेन्सी । नाइजेरियाले इजिप्टमा जारि अफ्रिका कप अफ नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको समूह चरणको पहिलो खेलमा बुरुण्डीलाई १-० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले सुखद सुरुवात गरेको हो ।
नाइजेरियाको जितमा ओडियन इघालोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा ओडियनले निर्णायक गोल गरेका थिए ।
जितसंगै समूह 'बी' को नाइजेरियाले १ खेलबाट ३ अंक जोडेको छ । बुरुण्डीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा गिनी र मेडागास्करले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसंगै दुवैको १-१ अंक रहेको छ ।
अफ्रिका कप अफ नेसन्स अन्तर्गत समूह 'ए' को खेलमा युगाण्डाले कंगोलाई २-० गोल अन्तरले पराजित गरेको छ ।