एजेन्सी । भेनेजुएला ब्राजिलमा जारि कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
भेनेजुएलाको जितमा डर्विन माचिसले दुई गोल गरे । यस्तै जोसेफ मार्टिनेजले एक गोल गरे । बोलिभियाको लिओनेल जस्टिनियानोले एक गोल फर्काए ।
जितसंगै समूह 'ए' को भेनेजुएला समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । भेनेजुएलाले ३ खेलबाट ५ अंक जोड्यो । पराजित बोलिभिया प्रतियोगिताको समूह चरणबाटै बाहिरियो ।
यस समूहबाट ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।