काठमाडौं । ईन्डोनेशियन प्रिमियर लिग फुटबलमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता बराबरीमा रोकिएको छ ।
शनिबार साँझ भएको खेलमा पर्सिजा जाकार्ताले पर्सिला लामोनगानसंग गोल रहित बराबरी खेलेको हो ।
नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहितले प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए । तर उनको टिमले खेल अवधिभर गोल गर्न भने असफल रह्यो ।
बराबरीसंग पर्सिजाले अंक बाँडेको छ । लिगमा चार खेल खेल्दा पर्सिजा जाकार्ताले एक जित समेत निकाल्न सकेको छैन । उसले दुई हार र दुई बराबरीको नतिजा आत्मसाथ गरेको छ । पर्सिजा गत बर्षको लिग च्याम्पियन क्लब हो ।
पर्सिजा ४ खेलमा २ अंक सहित तालिकाको १४ औ स्थानमा छ ।