काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा शनिबार विरेन्द्र नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गर्दै चौदण्डीले तेस्रो जित निकालेको हो ।
चौदण्डीको जितमा चुम्लुङमा राई,सरस्वती चौधरी र अनुष्का शेर्पाले समान २/२ गोल गरिन् । यस्तै मनिका राई र नमिता राईले एक एक गोल गरिन् ।
जितसंगै समूह 'बी' को चौदण्डीले ३ खेलबाट ९ अंक जोडेको छ । र, चौदण्डी समूहको शीर्ष स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा हेटौडा उपमहागरपालिकाले पोखरा महानगरपालिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
हेटौडाको जितमा संजिता बोम्जनले २ गोल गरिन् । पोखराकी मनिषा पंगेनीले एक गोल फर्काइन ।