काठमाडौं । विभागीय टिम एपीएफ क्लबले छैटौं संस्करणको रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा रुपन्देहीको गोर्खा ब्वाईज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
थरुहट रंगशालामा एपीएफलाई जित दिलाउन श्याम नेपालीले निर्णायक गोल गरे ।
उपाधिसंगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको गोर्खाले ३ लाख प्राप्त गर्यो ।