एजेन्सी । अजाक्सका युवा स्टार म्याथिज डी लिग्टले ईटालियन क्लब युभेन्ट्स जाने तयारी गरेका छन् । डच क्लब अजाक्सका कप्तान समेत रहेका डी लिग्टले ईटालियन क्लब जाने विकल्प छनोट गरेका हुन् ।
अजाक्सलाई डच लिग च्याम्पियन बनाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुर्याएपछि उनी युरोपेली क्लब फुटबलमा नयाँ स्टारको रुपमा उदाएका हुन् ।
१९ बर्षका खेलाडी नेसन्स लिगपछि भविष्यको बिषयमा निर्णय लिने बताएका थिए । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड, स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले उनीमाथि ईच्छा देखाईरहेका थिए ।
तर अजाक्स डिफेन्डरले सिरि ए च्याम्पियन युभेन्ट्स जाने निर्णय गरेका छन् ।
अजाक्स कप्तानले बार्सिलोनाको प्रस्तावलाई अस्विकार गरिदिएका थिए । उनीले पीएसजीको प्रस्तावमा समेत चित्त बुझाउन सकेनन् । उनलाई करिब ६२ मिलियन पाउण्डमा युभेन्ट्सले किन्ने तयारी गरेको छ ।
युभेन्ट्सको नयाँ प्रशिक्षकको रुपमा सर्रीले अनुबन्धन गर्ने डी लिग्ट पहिलो खेलाडी हुनेछन् । उनी भर्खरै लण्डन क्लब चेल्सीबाट ईटाली फर्किएका छन् ।
डी लिग्ट स्वयमले नेसन्स लिगको फाईनल खेलमा युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोले ईटालियन क्लब आउने बिषयमा आफुलाई सोधेको बताएका थिए ।