काठमाडौं । विदुर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा शनिबार धनगढी नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै विदुरले लगातार दोस्रो जित निकालेको हो ।
विदुरको जितमा अस्मिता राईले दुई गोल गरिन् । धनगढीका मन कुमारी चौधरीले एक गोल फर्कान् ।
जितसंगै समूह ‘डी’ बाट विदुरले २ खेलबाट ६ अंक जोडेको छ । धनगढीको भने यो लगातार दोस्रो हार हो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।