एजेन्सी । आयोजक इजिप्टले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेको छ । कायरोमा भएको उद्घाटन खेलमा इजिप्टले जिम्बाबेलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
महमु ट्रेजेगेटले गरेको गोल टिमको जितमा निर्णायक बन्यो ।
लिभरपलका फरवार्ड मोहमद सलाहा दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाउने नजिक पुगेका थिए । तर जिम्बाबेका गोलकिपर इडमोर सिबान्डाले उत्कृष्ट ढङ्गले सलाहाको कोशिश विफल पारे ।
अफ्रिकी महादेशको सबै भन्दा ठुलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा २४ टिम सहभागी रहेका छन् ।
घरेलु टोली हाबी भएकोे खेलमा पहिलो हाफमा सलाहाले निकै प्रभाव छाडेका थिए । तर उनी गोल गर्न भने असफल रहे ।
समुह एमा रहेको इजिप्टले ३ अक जोडेको छ । समुहमा अन्य टोलीको रुपमा कङ्गो र युगान्डा रहेका छन् ।