एजेन्सी । अफ्रिका कप अफ नेसन्समा आज (शुक्रबार) सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली ईजिप्ट र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । खेल कायरो रंगशालामा नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।
आयोजक ईजिप्टले जिम्बाबेविरुद्व खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
सुरक्षाको कारण क्यामरुनले प्रतियोगिता आयोजना गर्न नसकेपछि ईजिप्टले अफ्रिका कप आयोजनाको अवसर पाएको हो ।
ईजिप्टले सात पटक प्रतियोगिताको उपाधि जितेको छ । तर सन् २०१० यता प्रतियोगिताको नजिक पुग्न सकेको छैन । उनले सन् २०१७ को फाईनलमा क्यामरुनसंग हार ब्यहोरेको थियो ।
लिभरपुलका फरवार्ड मोहमद सालाहा ईजिप्टको टोलीका महत्वपुर्ण सदस्य हुन् । एक हिसावमा उनैमा ईजिप्टको भविष्य निर्भर छ । अन्य ईजिप्टका तीन खेलाडी समेत ईङ्लिस क्लबबाट खेलेका खेलाडी छन् ।
आर्सनलका मिडफिल्डर मोहम्मद एल्नेनी, वेस्ट ह्यामका डिफेन्डर अहमद हेगाजी र एस्टन भिल्लाका डिफेन्डर अहमद एल्मोहामाडी घरेलु टिमका समावेश इङ्लिस क्लबका खेलाडी हुन् ।
‘सालाहा विश्वका उत्कृष्ट तीन खेलाडी मध्य एक हुन् । यो नै सबै भन्दा ठुलो र सकारात्मक चिज हो । जसले हामीलाई नेसन्स कपको उपाधि रक्षामा सहयोग गर्छ ।’ एस्टन भिल्लाका डिफेन्डर एल्मोहामाडीले भनेका छन् ।
इजिप्टले पाँचौ पटक प्रतियोगिताको आयोजना गर्दैछ । यसअघि प्रतियोगिता आयोजना गर्दा ईजिप्टले सन् १९५९, १९८६ र २००६ मा तीन पटक उपाधि जितेको थियो । सन् १९७४ मा टिम तेस्रो बनेको थियो ।
जिम्बाबे चौथो पटक प्रतियोगिता खेल्न लागेको हो । उसले अहिलेसम्म समुह चरण पार गर्न सकेको छैन । प्रतियोगिता जनवरी र फेब्रुअरीमा गर्ने भनिएको थियो । तर युरोपेली फुटबल क्लबले खेलाडी रिलिज गर्न समस्या हुने बताएपछि प्रतियोगिता सारिएको थियो ।