काठमाडौं । मछिन्द्र फुटबल क्लबले चौंथो संस्करणको ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको खेलमा संकटा क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मछिन्द्रलाई जित दिलाउन कार्लोस बखारियाले ह्याट्रिक गरे । यस्तै एक गोल रोशन भुजेलको नाममा रह्यो ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
