एजेन्सी । स्पेनिस फुटबल टिमका पुर्व खेलाडी फर्नाल्डो टोरेसले खेल जिवनबाट सन्यास लिएका छन् । प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीका पुर्व खेलाडी समेत रहेका टोरेसले खेल जिवनबाट सन्यासको घोषणा गरेका हुन् ।
३५ बर्षिया खेलाडी पछिल्लो समय जापानबाट व्यवसायीक फुटबल खेलिरहेका थिए । उनले सामाजिक सञ्चालमार्फत खेल जिवन टुङ्गो लगाएको जानकारी दिएका छन् ।
‘मसंग घोषणा गर्न केही बिशेष चिज छ । उत्साहपुर्ण १८ बर्षपछि फुटलब जिवनलाई विट मार्ने अवस्था आएको छ ।’ उनले भनेका छन् ।
टोरेसले सन् २०१८ को जुलाईमा जापानिज क्लबसंग जोडिएका थिए । उनले जे लिगका ३२ खेलमा मात्र ४ गोल गरेका थिए ।
उनी एट्लेटिको मड्रिडबाट फुटबल करियर सुरु गरेका थिए । उनले सन् २००१ को मार्चमा स्पेनको दोस्रो श्रेणीको क्लबबाट व्यवसायी फुटबलमा डेब्यु गरेका थिए ।
उनले स्पेनमै आफुलाई उत्कृष्ट फरवार्डको रुपमा स्थापित गरेका थिए । स्पेनमा पाँच सिजन सर्वाधिक गोलकर्ताको रुपमा बिताएपछि उनी प्रिमियर लिग क्लब लिभरपुल गएका थिए ।

उनी एनफिल्ड क्लबमा समेत सफल भएका थिए । उनले १ सय ४२ खेलमा ८१ गोल गरेका थिए । उनी सन् २०११ मा अन्तिम समयमा लण्डन क्लब चेल्सी गएका थिए । उनी लण्डन क्लबमा संघर्षरत देखिए ।
२४ खेलमा मात्र एक गोल गर्न सफल भएका थिए । उनले त्यहाँ रहदाँ एफ ए कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनले सन् २०१३ मा युरोपा लिगको उपाधि समेत जितेका थिए । त्यसपछि उनी सन् २०१४ मा एसी मिलान गएका थिए ।
ईटालीमा ६ महिना बिताएपछि उनी एट्लेटिको मड्रिड फर्किएका थिए । जापान फर्कनु अघि उनले बाल्यकालको क्लबमा युरोपा लिगको उपाधि जितेका थिए ।
अन्तराष्ट्रिय खेलाडीको रुपमा सफल टोरेस राष्ट्रिय टिमका समेत महत्वपुर्ण सदस्य रहे । स्पेनले सन् २००८ र २०१२ मा जितेको युरो कपमा टोरेसले महत्वपुर्ण भुमिका खेले । स्पेनले सन् २०१० मा जितेको विश्वकपको टोरेस महत्वपुर्ण सदस्य हुन् ।