एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको लिगको आफ्नो डेब्यु खेलमा गोल गर्न सफल भएका छन् ।
बिहिबार राति भएको खेलमा विमलले आफु सम्मिलित टिसी स्पोर्ट्स क्लबबाट डेब्यु खेलमा गोल गरेका हुन् । उनकै गोलमा टिसी हारबाट जोगिएको थियो ।
विमलकै गोलमा टिसी स्पोर्ट्सले क्लब इगल्ससंग १–१ गोलको बराबरी खेलेको हो । टिसीकालागि खेलको अन्तिम समयमा विमलले बराबरी गोल फर्काएका थिए ।
खेलका इगलले ८२ औ मिनेटमा अली फासिरको गोलमा अग्रता दिएको थियो ।
उनी यसै सिजन धिवेही प्रिमियर लिग खेल्न माल्दिभ्स पुगेका हुन् । टिसीबाट यसअघि राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले लिग जितेका थिए ।
बराबरीको नतिजासंगै टिसी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टिमले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलबाट अंक जोडेको इगल्स छैटौ स्थानमा छ ।