काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलमा आज बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा मनाङले अबहानीविरुद्ध मैदान उत्रने सुरुवाती-११ सार्वजनिक गरेको छ । अबहानीविरुद्ध मनाङको अग्रपंक्ति एडिलाजा सोमिडे र विमल रानाले सम्हाल्ने छन् ।
मनाङ विराज महर्जनको कप्तानीमा मैदान उत्रने छन् ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा मनाङ घरेलु मैदानमा व्यहोरेको हारको बदला लिने योजनामा रहेको छ ।
यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो । तर, आज मनाङ अबहानीसँग उसैको मैदानमा पराजित गर्न चाहन्छ ।
समूह 'ई' मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस समूहमा चेन्नायीन एफसी ७ अंक जोडेर शीर्ष र मिनर्वा पन्जाब ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मनाङको टिम :
गोलकिपर : विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, अजिज अफिज, देवेन्द्र तामाङ, सुरज विश्वकर्मा
मिडफिल्डर : हेमन गुरुङ, सुजल श्रेष्ठ, विशाल राई, अभिषेक रिजाल
फरवार्ड : एडेलेजा सोमिडे, विमल राना
