एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले नेयमारलाई बेन्च नसकिने बताएको छ । बार्सिलोनाको प्रस्तावको बिषयमा जवाफ दिदै पीएसजीले क्लब सुपरस्टार नेयमार नयाँ सिजन कतै नजाने प्रष्ट पारेको हो ।
बार्सिलोनाले क्लबको फरवार्ड लाईनलाई बलियो बनाउन नेयमारलाई नाउ क्याम्प फर्काउन प्रयास गरिरहेको छ । नेयमार पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडसंग समेत जोडिएका छन् ।
तर पीएसजीका अध्यक्ष नासिर विन अल खालिफाले नेयमार क्लबमै रहने बताएका हुन् । उनले अर्को सिजन च्याम्पियन्स लिगमा प्रभाव पार्न नेयमारको महत्वपुर्ण भुमिका रहने बताएका हुन् ।
स्पेनिस मिडियालाई उल्लेख गर्दै प्राप्त समाचार अनुसार खालिफाले नेयमारलाई सरुवा बजारबाट बाहिर राखेका छन् ।
अध्यक्षले बताए अनुसार बार्सिलोनाका लियोनल मेस्सीले नेयमारलाई क्लबमा पुन फर्काउन जोड गरिरहेका छन् ।

नेयमारले बार्सिलोना छाड्दै सन् २०१७ मा पीएसजी पुगेका थिए । उनले सरुवा बजारको कीर्तिमान मुल्य कायम गर्दै फ्रान्सेली क्लब पुगेका थिए ।
नेयमारको स्थानमा बार्सिलोनाले उसमान डेम्बेले र फिलिप काउटिन्होलाई क्लबमा अनुबन्धन गरेको थियो । तर बार्सिलोनाको आक्रमण धार मजबुत हुन सकेको छैन ।
यता फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान समेत पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् । उनले यस समरमा एट्लेटिको मड्रिड छाड्ने घोषणा गरेका छन् ।
तर बार्सिलोनाका स्टार मेस्सी फ्रान्सका अन्तराष्ट्रिय खेलाडीलाई क्लबमा ल्याउन चाहदैनन् । बरु उनी नेयमारलाई पुन अनुबन्धन गराउन प्रयास गरिरहेका छन् ।
सोही अनुसार बार्सिलोनाले नेयमारलाई पुन क्लबमा फर्काउने सम्भावनाका बिषयमा पीएसजीसंग छलफल गरेको थियो ।

नेयमार पछिल्लो सिजत चोटका कारण धेरै समय मैदान बाहिर रहेका थिए । सोही कारण पीएसजीमा केलियन एम्बाप्पेले फ्रान्सेली लिगको सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेका थिए ।
च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य सहित युरोपेली क्लब फुटबलका ठुला स्टार जम्मा गरेपनि पीएसजीले च्याम्पियन्स लिगमा गतिलो नतिजा निकाल्न सकेको छैन ।