एजेन्सी । इग्लिश क्लब लिभरपुलले यस सिजनको च्याम्पियन्स लिग फुटबलको उपाधि जित्यो । स्पेनको मड्रिडमा भएको फाइनलमा लिभरपुलले अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० ले स्तब्ध बनाएको थियो ।
योसंगै लिभरपुलले च्याम्पियन्स लिगमा छैटौं पटक कब्जा जमाउन सफल भयो । च्याम्पियन्स लिगको उपाधि जितेपछि लिभरपुलको टिम घर फर्किएको छ ।
उपाधि जितेर घर फर्किएको लिभरपुलका टिमलाई मर्सीसाइडमा भव्य स्वागत गरिएको छ । लाखौ समर्थकहरु जितको खुसियालीमा सडकमा निस्किएका थिए । उनीहरु विजय उत्सवको र्यालीमा सहभागी भएका थिए ।
फोटोमा हेर्नुहोस् लिभरपुलको विजय उत्सव :
तस्बिर : एजेन्सी




























