काठमाडौं । मैत्रीपुर्ण फुटबल खेलमा नेपालले पहिलो हाफमा मलेसियासंग गोल रहित बराबरी खेलेको छ ।
मलेसियाको घरेलु मैदानमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल गर्न सकेका छैनन् । घरेलु टोली मलेसियाले खेलको सुरुवातबाटै नेपाली टिमलाई दबाबमा राखेको छ ।
पाहुना टोलीमाथि मलेसियाले निरन्तर आक्रमण बुनेपनि नेपाली डिफेन्डरले गोल हुन दिएका छैनन् ।
खेलको पाँचौ मिनेटमा मलेसियाले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो । खेलको सुरुवातबाटै दबाब बनाएको मलेसियाले नेपालविरुद्व एकपछि आक्रमण बुनेको थियो ।
खेलको २९ औ मिनेटमा नेपालले गोलको सुन्दर अवसर गुमायो । बिक्रम लामाले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।
घरेलु टोलीविरुद्व राम्रा मुभ बनाउन नसकेपनि नेपालले मलेसियाको आक्रमणलाई रोक्न सफल भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले नेपालको अग्रपङ्तीमा नवयुग श्रेष्ठ र विमल रानालाई मैदानमा उतारेका छन् ।
ली टिम :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रञ्जित धिमाल, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ
मिडफिल्डर : रवी पासवान,रोहित चन्द,बिक्रम लामा, सुजल श्रेष्ठ
फरवार्ड : नवयुग श्रेष्ठ, विमल राना