काठमाडौं । ग्लोबल पब्लिकले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ ।
ग्लोबलले पुष्पवाटिकालाई सडनडेथमा पराजित गर्यो । ग्लोबलका सुशील कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।
त्यस्तै इमान्युलले अर्किडलाई २–० तथा बेस्ट ग्रुपले होलीक्ररलाई १–० गोलले हराए । इमान्युएलका सुदीप घिमिरे तथा बेस्ट गु्रपका आयुश खड्गी ‘म्यान अफ द म्याच’ चुनिए ।