काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनकाे क्लब टिसी स्पोर्ट्ससंग सम्झाैता रद्द गरेका छन् ।
राष्ट्रिय टोलीबाट खेल्ने बिषयमा क्लबसंग असमझदारी देखिएपछि उनले टिसी स्पाेर्ट्ससंगकाे सम्झाैता रद्द गर्ने निर्णयमा पुगेका हुन् ।
नेपाली फुटबल टिमका पहिलो रोजाईका गोलकिपर किरणले लगातार दाेस्राे सिजन क्लबसंग नयाँ सम्झाैता गरेका थिए ।
तर, राष्ट्रिय फुटबल टिमले खेल्ने दुइ मैत्रिपुर्ण म्याच खेल्न क्लबले नदिएने भएपछि उनी सम्झाैता रद्द गर्ने निर्णयमा पुगेका हुन् ।
नेपालले मैत्रिपुर्ण खेल खेल्ने मिति र टिसीको सुरुवाती खेलको मिति जुधेपछि असमझदारी उत्पन्न भएकाे थियाे ।
राष्ट्रिय टोलीबाट दुई मैत्रीपूर्ण खेल खेल्न किरणले क्लबसंग अनुमति मागेपछि क्लबले उनलाई छाड्ने नसक्ने बताएकाे थियो ।
टिसीले आफुलाई नछाड्ने बताएपछि आफुले क्लबसंगको सम्झौता रद्द गरेको किरणले खेलपाटीलाई जानकारी गराए ।
उनी नेपाली टिमसंग आजै मलेसियाका लागि प्रस्थान गरेका छन् । विश्वकप तयारीमा रहेकाे नेपालले दुइ मैत्रिपुर्ण म्याच खेल्दैछ ।
'मैले क्लबसंग राष्ट्रिय टोलीबाट खेल्न समय मागेको थिए । तर, क्लबले मलाई छाड्न मानेन,' किरणले खेलपाटीसंग भने, 'मैले राष्ट्रिय टिम गुमाउन चाहिन । जसको कारण क्लबले मलाई अनुबन्ध सम्झौता रद्द गर्न भन्यो ।'
नेपालले यसै साता दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले यहिँ जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ । र, किरण साे टोलीमा महत्वपुर्ण सदस्यका रुपमा रहेका छन् ।
गत सिजन टिसीले उपाधि जित्दा किरणले उच्च प्रदर्शन गरेका थिए । किरण सिजनको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।
किरणले सम्झौता रद्द गरेपनि यस सिजन नेपालका फरवार्ड विमल घर्ति मगरले भने टिसीबाट खेल्ने छन् । विमल अहिले राष्ट्रिय टिम बाहिर छन् ।