काठमाडौंं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले खेलाडीबाट सफलता हात पार्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।
मैत्रिपुर्ण म्याच खेल्न मलेसिया उड्नु अघि पत्रकारसंग कुरा गर्दै प्रशिक्षक कालिनले नेपाली टिमबाट आफु सन्तुष्ट रहेको बताए ।
‘टिमसंग म सन्तुष्ट छु । हाम्रा बैकल्पिक खेलाडी समेत राम्रा छन् । नतिजा हात पार्नेमा विश्वस्त छु ।’ उनले भने ।
विश्वकपको तयारी स्वरुप नेपालले जुनको पहिलो साता दुई मैत्रिपुर्ण म्याच खेल्दैछ । नेपालले जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग मैत्रिपुर्ण म्याच खेल्न लागेको हो ।
मैत्रिपुर्ण खेलका लागि मुख्य प्रशिक्षक कालिनले राष्ट्रिय फुटबल टिमका मुख्य फरवार्ड भरत खवास र विमल घर्तिमगरलाई टिम बाहिर राखेका थिए । उनले चोटका कारण भरत र अनफिट रहेको भन्दै विमललाई टिम बाहिर निकालेका थिए ।
यस्तै दिनेश राजवंशी र कमल श्रेष्ठ लगायतका अनुभवी डिफेन्डरलाई उनले टिम बाहिर राख्ने जोखिम मोलेका छन् । गत बर्षका लिगका उत्कृष्ट खेलाडी हेमन गुरुङलाई समेत उनले टिम बाहिर निकालेका छन् ।
कालिनले बलिया टिमसंग खेल्दै कमजारीलाई नजिकबाट नियाल्ने बताए ।
‘बलिया टिमको खेल नियाल्छौ र उनीहरुबाट सिक्नेछौ ।’ उनले थपे ।
नेपाली टिमका कप्तान विराज महर्जनले विश्वकप छनोटलाई मैत्रिपुर्ण म्याचले सहयोग गर्ने बताए । ‘हाम्रो लक्ष्य भनेको विश्वकप छनोट हो । मैत्रिपुर्ण खेलले हामीलाई धेरै कुरामा मदत गर्छ ।’ उनले भने ।
टिममा धेरै खेलाडी परिवर्तन गरेको भन्दै उनले मैत्रिपुर्ण खेलमा जित निकाल्न प्रयास गर्ने बताए । उनले विगतमा कमजोर देखिएको डिफेन्स र आक्रमक शैली सुधारिने आश व्यक्त गरे ।
नेपाली टिम :
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने
डिफेन्डर :विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,
फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ