• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
लिग छनाेटमा 'म्याच फिक्सिङ'काे आरोप !
नमीन ढकाल
बुधबार, जेठ १५, २०७६ नमीन ढकाल
लिग छनाेटमा 'म्याच फिक्सिङ'काे आरोप !

काठमाडौ । ‘खेलमा हामीलाई रोक्न दुई क्लबले फिक्सिङ गरेको देखियो ।’ डाइनामाईट क्लबसंगको खेल सकिए लगत्तै जोरपाटी फुटबल क्लबका अध्यक्ष दिपक लामा विवादमा उत्रिए ।

उपत्यकामा चलिरहेको सहिद स्मारक सी डिभिजन लिगको छनोटमा मंगलबार जोरपाटीले डाइनामाइटलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

तर जोरपाटी क्लबका खेलाडी तथा अफिसियल बारम्बार खेलमा मिलेमतो भएको आरोप लगाउँदै फोर्थ अफिसल र लिग संयोजक संञ्जिब मिश्रसँग भनाभन गरिरहेका थिए ।

उनिहरुको आरोप थियो, झापा फुटबल क्लबले दोस्रो चरणमा प्रवेश गर्न डाइनामाटलाई प्रयोग गर्याे । यसअघि भएको खेलमा झापाले डाइनामाइटलाई ४–० ले हराएको थियो ।

झापा र जोरपाटीको खेल बराबरीमा सकिएको थियो ।

समिकरण अनुसार आजको खेलमा जित निकाल्दै ४ अंक बटुल्ने अवसर जोरपाटीलाई थियो ।

नतिजा पनि सोही अनुसारनै निस्कियो ।

जोरपाटीले ४–० को जित निकालेसँगै झापा र जोरपाटीको समान ४ अंक भयो ।

समान अंक र गोल पनि बराबरी भएपछि खेलको छिनोफानो कार्डबाट हुने तय भयो । त्यस अवस्थामा झापाले २ र जोरपाटीले ५ पँहेलो कार्ड खाएका थिए ।
थोरै कार्डका कारण झापा दोस्रो चरणमा प्रवेश गर्याे ।

लगत्तै जोरपाटीका प्रशिक्षक, कप्तान र अध्यक्ष तीनै जनाले एउटै स्वरमा भने, ’खेलमा झापाले फिक्सिङ गर्याे । हामीलाई रोक्न झापाले डाइनामाइटलाई पैसा खुवायो ।’

‘खेलमा सबै टिम जित्नको लागि खेल्छ । हामीलाई पनि टप फाईट गर्नपर्छ भनियो । हामीले बरम्बार गोल गर्दा उनीहरु ब्याक पास मात्र खेले । अझ संसारमै नभएको सिधै सेन्टरबाट बारम्बार किपरपास खेले ।’ जोरपाटीको गुनासो छ ।

‘डाइनामाइडले झापाविरुद्ध खेल्दा गोल गरोस् भनेर २५ मिनेट १० खेलाडीमा सिमित भएर खेल्यो ।’ जोरपाटीका अध्यक्ष दिपकले भने, ‘खेलाडी छैन भनेर हाल्न मिल्दैन भनियो । आज त्यही खेलाडी भने खेलाईयो । खेल्न नसक्ने खेलाडी कसरी खेल्यो । ३–४ दिनमै रिकभरी भयो त ?’

‘हामीलाई जित आवश्यक थियो । हामी गोल हानिरहेका थियौ । यस्तो अवस्थामा उनीहरु एक पटक पनि हामीतर्फ मुभ बनाउन चाहेनन् । खाली किपरसंग पास मात्रै खेले । हामीलाई हराउन झापाले कमिसन खुवायो ।’ टिमका कप्तान विकाश राईले भने ।

‘डाइनामाइडलाई जसरी पनि हार्छु भन्ने थियो । त्यसैले उनीहरु गोल गर्न भन्दा पनि हामीलाई गोल गर्न नदिन तिर लागे ।’ जोरपाटीका प्रशिक्षक रञ्जित लामाले भने ।

‘हामीले धेरै गोल गर्याे भने झापा बाहिरिने अवस्था थियो । त्यसैले झापाले गोल खान नदिन यो सबै सिकाएको हो । झापाले फिक्सिङ गरेकै हो ।’ उनले भने ।

खेल लगत्तै जोरपाटीले खेलमा मिलेमतो भएको भन्दै एन्फाका लिग संयोजक संञ्जिब मिश्रलाई लिखित रिपोर्ट गरेको छ ।

यता, लिग संयोजक संञ्जिब मिश्रले खेल मिलोमतोको आरोप अस्विकार गरे ।

‘कुनै पनि टिमले ब्याक पास खेल्न नपाउने भन्ने हुँदैन । यो निराधार आरोप हो । हारपछि यस्तो आरोप आईरहन्छ ।’ उनको भनाई थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP