एजेन्सी । फ्रेन्च क्लब लियोनकी स्ट्राइकर एडा हेगरबर्ग 'बीबीसी वुमन्स फुटबलर अफ दि इयर' घोषित भएकी छिन् ।
विश्वका फुटबल समर्थकबाट सर्वाधिक भोट प्राप्त गर्दै हेगरबर्ग बर्षको उत्कृष्ट महिला खेलाडी चुनिएकी हुन् ।
नर्वेका २३ बर्षीय खेलाडी हेगरबर्गले वुल्फवर्गकी पेर्निल हार्डर र सिकागोकी साम केरलाई पछि पार्दै 'बीबीसी वुमन्स फुटबलर अफ दि इयर' अवार्ड जितेकी हुन् ।
बालोन डी'ओर विजेता हेगरबर्गले यस सिजन क्लबलाई च्याम्पियन्स लिग, फ्रेन्च लिग र फ्रेन्च कपको उपाधि दिलाउन मुख्य भूमिका खेलेकी थिईन् । उनले च्याम्पियन्स लिगको फाइनलमा ह्याट्रिक गरेकी थिईन् ।
यस सिजन उनले क्लबका लागि ३३ खेलमा २९ गोल गरेकी थिईन् ।
