लमजुङ। गम्भीर प्रकृतिको बोनम्यारो क्यान्सर पीडित पूर्व फुटबल खेलाडी राजन मालुवा (पेले)लाई आर्थिक सहयोग प्रदान गरिएको छ।
सुन्दरबजार नगरपालिका ८ भोटे ओडार नौबिसेका २६ वर्षीय मालुवा अहिले भारतको फोरटिस मेमोरियल रिसर्च इन्ष्टिच्युट हरियानामा उपचाररत छन्। उनलाई बुद्ध यूथ क्लव (बिवाइसी) भोटेओडारले नगद एक लाख ५० हजार ५५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
मालुवाको उपचारमा आर्थिक अभाव भएपछि उनको परिवारले सहयोगको अपिल गरेको थियो। उनको उपचारमा अहिलेसम्म झन्डै २५ लाख बढी आर्थिक सहयोग प्राप्त भएको मालुवाको आमा ज्ञानीले जानकारी दिइन्।
उनका अनुसार उपचारमा अहिलेसम्म ३५ लाख रुपैयाँ खर्च भइसकेको छ।