• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप क्रिकेटका केहि रोचक घटना
खेलपाटी संवाददाता
मंगलबार, जेठ ७, २०७६ खेलपाटी संवाददाता
विश्वकप क्रिकेटका केहि रोचक घटना

एजेन्सी । सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटले ११ औं संस्करण पार गरिसकेको छ  । क्रिकेटको कुम्भमेला विश्वकपको १२ औं संस्करण एक सातापछि सुरु हुँदैछ ।

विश्वकपको ११ औं संस्करण सकिदासम्म २० राष्ट्रले मात्र सहभागीता जनाएका छन् । जसमा ५ राष्ट्रले मात्र विश्वकपको उपाधि हात पारेका छन् ।

विश्वकपमा सर्वाधिक सफल टोली अष्ट्रेलिया रहेको छ । उसले ५ पटक उपाधि हात पारेको छ । यस्तै वेष्ट इण्डिज र भारतले २-२ विश्वकप जित्दा पाकिस्तान र श्रीलंकाले १-१ पटक उपाधि जितेका छन् ।

विश्वकपको हरेक संस्करणमा विभिन्न खेलाडी तथा राष्ट्रले विभिन्न किसिमका कीर्तिमानहरु बनाउदै आएका छन् । र, प्रतियोगितामा केहि नाटकीय मोड हुन्छन त केहि भावुक क्षण ।

हामीले अघिल्ला विश्वकपहरुमा बनेका ४ रोचक तथ्यहरुबारे वर्णन गरेका छौं ।

१. नुवान कुलसेकारा 

श्रीलंकाका नुवान कुलसेकाराले दुई फरक विश्वकपमा पहिलो र अन्तिम ओभरमा बलिङ गरेका थिए । उनले सन् २०११ को विश्वकपको अन्तिम ओभर र सन् २०१५ को पहिलो ओभरमा बलिङ गरेका थिए ।

Related image

भारतमा भएको २०११ को विश्वकपको फाइनल खेलमा श्रीलंकाले २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा आएको भारतले २८ ओभर २ बलमा धोनीले कुलसेकारालाई छक्का प्रहार गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।

बाँया हाते बलर कुलसेकाराले सन् २०१५ मा अष्ट्रेलियामा भएको विश्वकपको पहिलो खेल न्युजिल्याण्डविरुद्धको पहिलो ओभर बलिङ गर्ने मौका पाएका थिए ।

२. मार्भन अटापट्टु 

श्रीलंकाका खेलाडी मार्भन दुई पटक विश्वकपको टिममा परेपनि खेल खेल्न नपाउने खेलाडी हुन् । सन् १९९६ र सन् २००७ को विश्वकप खेल्ने खेलाडीको सूचीमा परेपनि मार्भनले सुरुवाती-११ मा स्थान बनाउन सकेनन् ।

Image result for marvan atapattu

रोचक तथ्य के थियो भने श्रीलंकाले दुवै विश्वकपमा फाइनल तय गरेको थियो । सन् १९९६ को विश्वकपको फाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै उपाधि हात पारेको थियो । तर, उनी मात्र एक खेलाडी बेन्चमा थिए जसले कुनै खेल खेल्ने मौका पाएका थिएनन् । यो पल उनको लागि निकै दुखद थियो ।

आफ्नो देशका लागि २ सय ६८ एकदिवसीयमा १३ शतक र ५९ अर्धशतकको मद्दतले ८ हजार ५ सय २९ बनाएका उनले दुवै विश्वकपको खेलमा सहभागी हुने मौका पाएनन् ।

३. एडमण्ड जोएस र इयान मोर्गन 

विश्वकपमा दुई राष्ट्रबाट खेल्ने खेलाडीको नाम हो एडमण्ड क्रिस्टोफर जोएस र इयान मोर्गन । यी खेलाडीले फरक फरक विश्वकपमा फरक राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप खेलेका थिए ।

Related image

सन् २००७ को विश्वकप जोएसले इङ्ल्याण्डबाट र मोर्गनले आयरल्याण्डबाट विश्वकप खेलेका थिए । अर्को संकरणको विश्वकप सन् २०११ मा जोएसले आयरल्याण्ड र मोर्गनले इङ्ल्याण्डको प्रतिनिधित्व गरे ।

सन् २००७ को संकरणमा जोएसले इङ्ल्याण्डका लागि ५ खेलमा २ अर्धशतक सहित १ सय ५२ रन बनाएका थिए । यस्तै सोहि संस्करणमा मोर्गनले ९१ रन बनाउन सफल रहेका थिए ।

सन् २०११ मा जोएसले आयरल्याण्डका लागि ६ इनिङ्समा अर्धशतक सहित १ सय ७६ रन जोडे भने मोर्गनले ३ इनिङ्समा २ अर्धशतक सहित १ सय २० रनको यागदान गरे । 

अर्को साता सुरु हुने विश्वकपमा मोर्गनले इङ्ल्याण्डको कप्तानी गर्दै छन् । जोएसले भने क्रिकेटबाट सन्यास लिईसकेका छन् ।

४. ग्राहम गोच 

जुनै खेलको फाइनल खेल गुमाउनु निकै पिडादाई हुन्छ, त्यसमा पनि विश्वकपको फाइनल । इङ्ल्याण्डका पुर्व क्रिकेटर ग्राहमले ३ संस्करणको फाइनल खेल गुमाएका छन् र उनलाई निकै अभागी खेलाडी मानिने गरिन्छ ।

ग्राहमले इंग्ल्याण्डबाट सन् १९७९, १९८७ र १९९२ को विश्वकप खेलेका थिए । तर, तीनै संस्करणमा ग्राहमको टिम इंग्ल्याण्ड फाइनलमा पराजित भएको थियो ।

Related image

इंग्ल्याण्ड सन् १९७९ को विश्वकपमा ७ विकेट र सन् १९८७ को फाइनलमा ७ रनले अष्ट्रेलियासंग पराजित भएको थियो ।यस्तै सन् १९९२ मा पाकिस्तानसंग फाइनलमा २२ रनले पराजित भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP