विदुर । नुवाकोटको बट्टारमा भएको विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले हात पारेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा आईतबार भएको उपाधि भिडन्तमा घरेलु टोली विदुरलाई २–० ले पराजित गर्दै पोखरा उपमहानगरे उपाधि रक्षा गरेको हो ।
पोखरा महानगरपालिकालाई उपाधि दिलाउन खेलको विमल राना र दिपेश आलेले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिताको उपाधिसँगै पोखराले नगद तीन लाख र उपविजेता विदुरले एक लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी विदुर नगरपालिकाका महेन्द्र तामाङ घोषित भए भए उनले १५ हजार रुपैयाँ हात पारे । त्यस्तै उदयीमान खेलाडी पोखरामा टिका गुरुङ भए । सर्वाधिक गोलकर्ता नुवाकोटका आशिष लामा घोषित भए । उनीहरुलाईलाई समान १० हजार रुपैयाँ प्रदान गरिएको छ ।