सिन्धुपाल्चोक । विभागीय टोली एपीएफ चौथो संस्करणको नेपाल आइस सिन्धु कप फुटबलको सेमिफाइलनमा प्रवेश गरेको छ ।
सिन्धुपाल्चोकको लामोसाघुस्थित बसन्तपुर मैदानमा भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा हरि कार्की, सुुमित आले मगर, रवि थिङ र रामकुमार कुमालले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा एपीएफले हरि कार्कीकोे हेड गोलमार्फत अग्रता लिएको थियो । सुमित आले मगरले ६४ औं मिनेटमा एपीएफको अग्रता दोब्बर पारे ।
खेलको ७७ औ मिनेटमा राम कुमार कुमालले फ्रिकिक मार्फत तेस्रो गोल गरे । खेल सकिन ३ मिनेट अघि रवि थिंङले गोल गर्दै एपीएफलाई ४–० को जित दिलाए ।
खेलको अन्तिम मिनेट बाँकी छँदा जिरीका गोलरक्षक सुवास भण्डारीले डिबक्स बाहिरको बल समातेपछि रेफ्रि विश्वास कार्कीले रातो कार्ड देखाएका थिए ।
खेलको म्यान अफ दि म्याच एपीएफ क्लबका राम कुमार कुमाल घोषित भए । उनले ५ हजार नगद प्राप्त गरे ।
एपीएफले अब सेमिफाइनलमा २५ गते गोर्खा ब्वाइज क्लब रुपन्देहीसंग खेल्नेछ ।
अन्तिम क्वाटरफाइनलमा भोली बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक युथ स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।