लिभरपुर स्टार मोहमद सलाहाले च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । प्रिमियर लिगको खेलमा टाउकोमा चोट बोकेका सलाहाले स्पेनिस महारथी बार्सिलोनाविरुद्वको दोस्रो लेगको खेल गुमाउने भएका हुन् ।
लिभरपुलले च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाईनल लेगमा मंगलबार राति बार्सिलोनासंग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बार्साविरुद्व हुने खेल सलाहाले गुमाउने पुष्टि गरेका छन् । आईतबार मात्र लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिन्होले बार्सिलोनाविरुद्वको खेल गुमाउने तय भएको थियो ।
मुख्य दुई फरवार्ड घाईते भएपछि दोस्रो लेगको खेल अगाडी लिभरपुललाई ठुलो झड्का लागेको छ ।
पहिलो लेगको खेलमा लिभरपुल क्लब ३–० ले पछाडी परेको छ ।
दोस्रो लेग लिभरपुलले घरेलु मैदान एनफिल्डमा खेल्दैछ ।

गत शनिबार न्युक्यासलविरुद्वको खेलमा टाउकोमा चोट बोकेका सलाहालाई स्ट्रेचरमा राखेर मैदान बाहिर उतारिएको थियो । सो खेलमा लिभरपुलले ३–२ को संघर्षपुर्ण जित आत्मसाथ गरेको थियो ।
जर्मन प्रशिक्षक क्लोपले सोमबार भने, ‘सलाहाले भोली खेल्न सक्ने छैनन । उनी निकै हुदैछन् । तर उनी भोली मैदान उत्रने सक्ने छैनन ।’