एजेन्सी । बार्यन म्युनिख जर्मन बुन्डेशलिगाको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा हनोवरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बार्यन उपाधिको नजिक पुगेको हो ।
बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिन सफल भएको छ । लिगमा अब दुई चरण खेल बाँकी छ । एक जित निकाल्न सकेमा बार्यनले लगातार सातौ पटक लिग उपाधि कब्जा गर्नेछ ।
खेलमा अग्रता बार्यनले लेवान्डोस्कीको गोलबाट २७ औ मिनेटमा लिएको थियो । ४० औ मिनेटमा लियोन गोरेत्जकाले बार्यनको अग्रतालाई दोब्बर बनाएका थिए ।
५१ औ मिनेटमा डि जिससले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाउने प्रयास नगरेका होईनन् । तर फ्याङक रिबेरीले ८३ औ मिनेटमा गोल गर्दै बार्यनलाई उपाधिको नजिक पुर्याएका छन् ।
शीर्ष स्थानको बार्यनलको ३२ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७० अंक छ ।
तालिकाको पुछारमा रहेको हनोवरको रेलिगेशन जोनबाट बच्ने गणितिय सम्भावना मात्र बाँकी छ ।