काठमाडौं । चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार भएको विभागीय डर्बीमा आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।
पुलिसले साविक विजेता आर्मीलाई सेडनडेथमा शिकार बनायो ।
निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
सडनडेथमा आर्मीका विकाश तामाङ पेनाल्टीमा चुक्दा पुलिसका मानबहादुर परियारले विजयी गोल गरे ।
उपाधिसंगै पुलिसले १० लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो ।