काठमाडौं । एएफसी कपको तेस्रो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतीय आई लिग विजेता मिनेर्भा पञ्जाबसँग प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा मनाङले दोस्रो हाफमा बराबरी गोल फर्काएको छ । खेलको ६८ औ मिनेटमा अभिषेक रिजालले बराबरी गोल गरेका छन् ।
पहिलो हाफको खेल सकिदाँ मनाङ १–० गोल अन्तरले पछाडी परेको थियो ।
आठौं मिनेटमा मिनेर्भा पञ्जाबका श्रेयस गोपालनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
मनाङले ४० औ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर सुजल श्रेष्ठ पेनाल्टीमा चुक्दा मनाङले बराबरी गर्ने मौका गुमाएको थियो ।
यसअघिका दुबै खेलमा पराजित मनाङ समुह चरणको तेस्रो खेल खेल्न भुवनेश्वर पुगेको हो ।
एएफसी कपको पहिलो खेलमा मनाङ क्लब बंगलादेशको अवहानी लिमिटेडसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा भारतीय सुपर लिग च्याम्पियन चेन्नईन एएफसीसँग २–० ले पराजित भएको थियो ।