एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी राष्ट्रिय टोलीको घोषणा भएको छ ।
पाकिस्तानले बिहिबार सर्फराज अहमेदको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान सर्फराज अहमेदसंगै अबिद अलि,बाबर आजम, फहीम अर्श्राफ, फखर जमान, हरिस सोहिल, हसन अली,इमाद वासिम र इमाम उल रहेका छन् । यस्तै जुनिद खान, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी र शोयब मल्लिक टोलीमा अटाएका छन् ।
इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुनेछ ।
