मोरङ । आयोजक यलम्बर युवा क्लबले पथरी शनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
सुनाखरी खेल मैदान सोमबार भएको उद्घाटन खेलमा न्यु स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै यलम्बरले विजयी सुरुवात गरेको हो ।
उद्घाटन खेलमा न्यु स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै यलम्बरले विजयी सुरुवात गरेको हो । खेलमा आयोजकका गोलकिपर चन्द्र पोङयाबो चुनिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार सुनाखरी फुटबल क्लब र त्रिवेणी फुटबल क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० हजार १११ सय नगद प्राप्त गर्दा दोस्रोले १० हजार १११ रुपैया पाउने छन् ।
