एजेन्सी । पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको १५ सदस्सीय टोलीमा पर्दै स्मिथ र वार्नरले टिममा पुनरागमन गरेका हुन् । क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको विश्वकप खेल्ने टोलीको सूचीमा स्मिथ र वार्नर परेका छन् ।
‘बल टेम्परिङ’ को आरोपमा प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । तर, प्रतिबन्ध फुकुवा भएसंगै स्मिथ र वार्नरले अष्ट्रेलियन टोलीमा बनाउन सफल भएका छन् ।
‘बल टेम्परिङ’ को कारण महिने प्रतिबन्ध खेपेका स्मिथ र वार्नरको प्रतिबन्ध जुन २६ बाट फुकुवा भएको थियो । गत बर्षको चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।

स्मिथ र वार्नरले टोलीमा बनाउदा पिटर ह्यान्ड्सकम्प र जोस हाजलउड भने बाहिरिएका छन् ।
दुवै खेलाडी अहिले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त रहेका छन् । आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन् ।
आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने अष्ट्रेलिया पहिलो अफगानिस्तानसंग खेल्नेछ । विश्वकप इंग्ल्यान्ड र वेल्समा मे ३० बाट हुनेछ ।