एजेन्सी । लिभरपुल इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहले एक एक गोल गरे ।

एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
खेलमा चेल्सीले पाएको मौका सदुपयोग गर्न सकेन । उसका इडेन हाजार्ड लगायतका खेलाडीले पटक पटक गोलको अवसरलाई सदुपयोग गर्न सकेन ।

जितसंगै म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । र, लिभरपुलले लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । एक खेल कम खेलेको सिटिको ८३ अंक छ ।
पराजित चेल्सीको ६६ अंक छ । चेल्सी लिगको चौंथो स्थानमा छ ।