• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
७५ लाई फर्केर हेर्दा : फुटबल छाएको बर्ष
नमीन ढकाल
आइतबार, वैशाख १, २०७६ नमीन ढकाल
७५ लाई फर्केर हेर्दा : फुटबल छाएको बर्ष
साफ च्याम्पियनसिपमा महिला खेलाडी । फाेटाे : एन्फा ।

काठमाडौं । खेलकुदमा चर्चा र विवाद एक अर्काको पर्याय हुन् । सायद विवाद नहुदो हो त, चर्चा पनि हुदैन थियो होला ।

गएको बर्ष नेपाली फुटबल फेरी एक पटक चर्चामा रह्यो । संगै विवादका श्रृङ्खला समेत जोडिएर आए ।

तर नेपाली खेलकुदमा गएको बर्ष फुटबलको बर्ष भन्दा अन्याय हुने छैन ।

मैदान भित्र र बाहिरको चर्चाले फुटबललाई घरेलु खेलकुदको केन्द्रमानै राख्यो ।

सुरु मैदान बाहिरबाट गरौ ।

नेपाली फुटबल गएको बर्ष एक ठुलो परिवर्तनको साक्षी बस्यो । करिब दुई दशक एन्फाको नेतृत्व गरेका गणेश थापालाई विस्थापित गर्दै फुटबलको बागडोर सम्हाल्न कर्माछिरिङ शेर्पा आईपुगे ।

परिवर्तन र पारदर्शीताको नारा सहित उनले घरेलु फुटबलको नेतृत्वमा आफुलाई स्थापित गर्न सफल भए ।

तर उनको आगमनसंगै एन्फाभित्रको शक्ति संर्घष पेचिलो बन्यो । मानार्थ अध्यक्षको रुपमा एन्फा छिरेका टासी घले र अध्यक्ष शेर्पाबीचको लडाईले एन्फामा सुरुमै विभाजन रुप देखा पर्यो ।

विवादले उग्र रुप लिएपछि अध्यक्ष शेर्पाका चुनावी ‘किंगमेकर’ टासीले एन्फा जान बन्द गरे ।

मानार्थको कुर्सीबाट अघि बढ्न खोजेका टासीको व्यवहार कर्मालाई सायद मन परेन । टासीलाई निर्णय प्रक्रियाबाट बाहिर राख्दै कर्माले फुटबल गतिविधि अगाडी बढाउदै लगे । त्यसैको प्रतिशोधको रुपमा टासीले चुनावी प्रक्रियामा भएका लेनदेनका बिषय बाहिर सार्वजनीक गरिदिए ।

भलै टासी सो बिषयमा आफु जानकार नभएको दाबी गर्छन । तर चुनावको समय भएका आर्थिक लेनदेनको बिषयलाई बाहिर सार्वजनीक गरेर कर्मालाई दबाबमा राख्ने टार्सीको रणनीति ओपन सेक्रेटनै थियो ।

लगत्तै असन्तुष्ट चार जिल्ला फुटबल संघले एन्फा नेतृत्वविरुद्द आन्दोलनको घोषणा गरे । चुनावको समय फरक कित्तामा उभिएका चार जिल्ला फुटबल संघले एन्फा भित्र चरम आर्थिक अनियमितता भएको र निर्वाचनमा ठुलो रकमको चलखेल भएको आरोप लगाए । उनीहरुले विभिन्न निकायमा गएर घटनाको छानबिन गर्न दबाब दिए ।

लगत्तै खेलकुद मन्त्रालयले एन्फा भ्रष्टाचारको बिषयमा छानविन गर्न समिति गठन गर्यो । र अख्तियार अनुसन्धान आयोगमा अनुसन्धान प्रतिबेदन बुझायो । अख्तियारले सो प्रतिवेदनलाई आधार बनाएर थप अनुसन्धान अघि बढाउँछ वा प्रमाण नपुगेको भन्दै तामेलीमा राख्छ, मुख्य चासोको बिषय छ । तर एमालेका केही खेलकुद पदाधिकारी अख्तियारले थप छानविन प्रक्रिया अघि बढाउनुपर्ने दबाब बालुवाटारमार्फत अख्तियारमा दिईरहेका छन् ।

यो त भयो फुटबल राजनीतिको एउटा अंश ।

तर अर्को मुख्य बिषय भनेको परिवर्तनको नारा सहित एक ढिक्का भएर चुनाव लडेका एन्फा कार्यसमितिका पदाधिकारीनै विभिन्न समुहमा विभाजित छन् । त्यसको प्रत्यक्ष प्रभाव फुटबल विकासमा देखिएको छ ।

विभिन्न घुर्की देखाएर नेतृत्वलाई गलाउने र त्यसबाट व्यक्तिगत स्वार्थ पुर्ती गर्ने पुरानै रोग एन्फाभित्र अझै मौलाएको छ । यसको विस्तृत कथा एक दिन लेखिनेनै छ । तर फुटबल राजनीतिले गएको बर्ष नेपाली खेलकुद पुन एक पटक तरंगित बन्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको नेतृत्वको कुर्सीलाई सिंहदरबार र बालुवाटारलाई निरन्तर ‘थ्रेट’ आईरह्यो ।

त्यसका परकम्पनहरु नेपाली सञ्चारमाध्यममा पटक पटक देखिए । जसले फुटबल राजनीतिलाई पुन एक पटक चर्चामा ल्याउने काम गर्यो ।

अब कुरा मैदान भित्रका ।

कर्माछिरिङ शेर्पा एन्फा नेतृत्वमा आए लगत्तै विवादका बीच फुटबलका गतिविधिले व्यापकता पाए । रेलिगेशन बिनाको लिग सञ्चालन गर्ने उनको निर्णयको निर्मम समिक्षा ईतिहासले गर्नेनै छ । तर पाँच बर्षदेखि अवरुद्द घरेलु फुटबलले गति लिने काम गर्यो ।

Image may contain: 11 people, people smiling, people standing and outdoor

पुरुष फुटबलसंगै महिला फुटबलका गतिविधि सञ्चालन भए । महिला फुटबलको अन्तराष्ट्रिय  सहभागिता बढ्न पुग्यो । उमेर समुहमा महिला फुटबलले धेरै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । सिनियर टिमले समेत राम्रो तयारी गरेर ओलम्पिक छनोट हुँदै साफ च्याम्पियनसिपमा गर्विलो प्रर्दशन गर्न सफल भयो ।

सात्रिता भण्डारी, अनिता बस्नेतले भारतीय लिग खेल्ने निश्चित भएको छ । गिता राना भुटानी लिगमा जाने पक्का भएको छ । यसको प्रभाव आगामी दिनमा महिला फुटबलमा देखिनेनै छ ।

Image may contain: 3 people, people playing sport, stadium and outdoor

घरेलु लिगको सुरुवातसंगै विदेशीएका धेरै फुटबल खेलाडी स्वदेश फर्किए । अमिर श्रेष्ठदेखि शिव श्रेष्ठ त्यसको गतिलो उदाहरण हुन । गत बर्ष फुटबलमा भएको गतिविधिले नेपाली खेलकुदमा आशाको सञ्चार गराउन सफल भएको छ । यसले कुन बाटो तय गर्छ, नयाँ बर्षले त्यसको स्पष्ट चित्र देखाउनेनै छ ।

गएको बर्ष फुटबलमा केही सकारात्मक कामको थालनी भएका छन् । फुटबल संघले आर्थिक नियमावली र कार्यविधि लागु गरेको छ । फुटबल संघमा देखिएको आर्थिक अनियमितता र बिसंगतिलाई धेरै हदसम्म नियन्त्रण गर्ने अपेक्षा गर्न सकिन्छ ।

एन्फाका सदस्य जिल्लामा सञ्चालन गरिएको ग्रासरुट कार्यक्रमदेखि फुटबलमा स्थानीय सरकारलाई सहभागि गराउने एन्फा रणनीतिको दुरगामी फाईदा नेपाली फुटबलले पाउनेछ ।

Image may contain: 2 people, people playing sport, stadium and outdoor

घरेलु फुटबलका केही मुख्य गतिविधि ।

१, ललित स्मृति यू-१८ प्रतियोगिता : जेष्ठ २९ असार २१ सम्म । ब्रिगेड ब्वाइज क्लब विजेता ।

२, महिला नकआउट प्रतियोगिता : पहिलो चरण असार २७ देखि साउन ३ सम्म । दोस्रो चरणमा काठमाडौँ र रौतहट छनोट ।

३, महिला लिग : साउन ६ देखि १५ सम्म । विजेता एपीएफ क्लब ।

४, सहिद स्मारक ए डिभिजन लिग : असोज १३ देखि पौष २४ सम्म संचालन । कीर्तिमानी आठौ पटक मनाङ च्याम्पियन ।

५, सहिद स्मारक बी डिभिजन लिग : माघ २५ देखि फागुन २१ सम्म । आरसिटी विजेता ।

६, सहिद स्मारक सी डिभिजन लिग : फागुन २२ बाट सुरु । खालीबारी च्याम्पियन ।

Image may contain: 3 people, people smiling, people playing sport and outdoor

२०७५ सालमा अन्तराष्ट्रिय खेलहरु :

१, एसियन गेम्सका लागि राष्टिय फुटबल टिमको थाइल्याण्डमा तयारी साउन ७ देखि ११ सम्म ।

२, १७ औँ एसियन फुटबल गेम : साउन २९ देखि भदौँ ३ सम्म इन्डोनेशिया ।

३, साफ यू १५ महिला च्याम्पियनसिप सन् २०१९ : साउन २४ देखि भदौँ २ सम्म भुटान । नेपाल सेमिफाइनलबाट बाहिर ।

४, साफ सुजुकी कप २०१९ : भदौ १९ बाट ३० सम्म, बंगलादेश । सेमिफाइनलबाट बाहिर ।

५, एएफसी यू १६ च्याम्पियनसिप २०१९ क्वालिफायर : असोज ३ देखि ७ सम्म काठमाडौँ । नेपाल समुह चरणबाटै बाहिर ।

६, एशियन यू १८ स्कुल फुटबल प्रतियोगिता : सन् २०१८ आश्विन ४ देखि १३ सम्म, भारत । छैठौँ स्थानमा रहेर प्रतियोगिता समापन

७, साफ यू १८ महिला च्याम्पियनसिप असोज १२ देखि २१ सम्म भुटान : नेपाल उपविजेता ।

८, बंगबन्धु गोल्डकप असोज १५ देखि २६ सम्म बंगलादेश : नेपाल समुह चरणबाट बाहिर ।

९, साफ यू १५ च्याम्पियनसिप : कार्तिक ८ बाट १७ सम्म काठमाडाै । सेमिफाइनलबाट बाहिर ।

१०, एएफसी यू १९ महिला च्याम्पियनसिप क्वालिफायर : कार्तिक ६ देखि ११ सम्म थाइल्याण्ड । दोस्रो चरण प्रवेश ।

११, महिला राष्ट्रिय टिमको मैत्रिपुर्ण खेल : कार्तिक ११ देखि १४ सम्म चीनमा ।

१२, ओलम्पिक छनोट पहिलो चरण महिला : कार्तिक २२ देखि २७ सम्म म्यानमार । पहिलो चरण पार ।

१३, हिरो महिला गोल्डकप : माघ २४ देखि फागुन ५ सम्म, म्यानमारसंग फाइनलमा पराजित ।

१४, महिला साफ च्याम्पियनसिप : फागुन २८ देखि चैत्र १० सम्म विराटनगर । फाइनल खेलमा पराजित ।

१५, एएफसी यू २३ च्याम्पियनसिप : मार्च २२ देखि २६ तारिक कतार । समुह चरणबाटै बाहिर ।

१६, महिला ओलम्पिक छनोट दोस्रो चरण : अप्रिल १ बाट ९ सम्म म्यानमार । दोस्रो चरणबाट बाहिर ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP