• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'नेपाललाई आठौं पटक विश्वकप खेल्ने अवसर'
खेलपाटी संवाददाता
बिहीबार, चैत २८, २०७५ खेलपाटी संवाददाता
'नेपाललाई आठौं पटक विश्वकप खेल्ने अवसर'
तस्विर : मलेसिया क्रिकेट

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको गर्विलो इतिहास रहेको छ । यू-१९ विश्वकपको १२ औं संस्करण पुरा गर्दा नेपालले ७ पटक सहभागिता जनाईसकेको छ । 

युवा खेलाडीको पहिचान गराउने यू-१९ विश्वकपको १३ औं संस्करण दक्षिण अफ्रीकामा अर्को बर्ष आयोजना हुँदैछ । र, यू-१९ विश्वकपका लागि एसिया छनोट शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ ।

मलेसियामा आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमनले प्रतिस्पर्धा गर्ने छन् ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

एसिया छनोटका लागि नेपाली युवा टोली मलेसिया पुगिसकेको छ । नेपालले शुक्रबार सिंगापुरविरुद्ध मैदान उत्रदै एसिया छनोटको सुरुवात गर्नेछ ।

नेपाल र सिंगापुरबीचको खेल सिलान्गोर टर्फमा हुनेछ । सिंगापुरविरुद्ध मैदान उत्रन नेपाल तयार रहेको छ ।

राष्ट्रिय टोलीका नियमित सदस्य रोहित पौडेलको कप्तानीमा रहेको नेपालले आठौं पटक विश्वकप खेल्ने योजना बनाएको छ । सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल आफ्नो योजना साकार बनाउन लागि पर्नेछ ।

'हामी आत्मविश्वासी छौं किनकि हामीले १५ दिन भारतमा प्रशिक्षण गरेका थियौं । जहाँ हामीले नेपालमा नपाएका सुविधा एकै ठाउमा पायौं,' नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले छनोटबारे भने, 'खेलाडीले अभ्यास देखाएका कुराले विश्वास छ कि प्रतियोगितामा हाम्रो राम्रो हुनेछ ।' 

विश्वकप छानोटमा नेपालले उच्च प्रदर्शन गर्दै आईरहेको छ । यू-१९ विश्वकपको ईतिहासमा नेपालले ३ पटक मात्र विश्वकप छनोट चरण पार गर्न सकेन । नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

यस पटक नेपालको लागि विश्वकपमा छनोट हुने अवसर रहेको छ । यू-१९ टोलीका सदस्यलाई पनि विश्वकप खेल्ने चाहना छ । त्यसैले नेपाल विश्वकपमा छनोट हुन हर प्रयास गर्ने छ ।

नेपाली टोलीका कप्तान रोहित आफ्नो कप्तानीमा नेपाललाई विश्वकपको बाटो डोर्र्याउन चाहन्छ ।

'मेरो नेतृत्वमा नेपाली टोलीलाई विश्वकपमा छनोट गराउ भन्ने चाहना छ । हामीले तयारी समेत राम्रो गरेका छौं,' कप्तान रोहितले भने, 'विश्वकपमा छनोट हुन हाम्रो लागि यो राम्रो अवसर हो ।'

नेपालले यू-१९ विश्वकपमा सात पटक प्रतिस्पर्धा गर्दा आठौं स्थान भन्दा माथि उक्लन सकेको छैन । पहिलो सहभागिता र सन् २०१६ मा नेपालले आठौं स्थान हात पारेको थियो ।

तर, नेपालले यू-१९ विश्वकपमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालले विभिन्न टेष्ट राष्ट्रलाई समेत पाखा लगाउँदै आएको इतिहास छ । नेपालले विश्वकपमा जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रलाई पराजित गरिसकेको छ ।

एसिया छनोटमा नेपालको खेल कहिले ? 

विश्वकपमा नेपालको प्रदर्शन कस्तो ?

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP