काठमाडौं । नेपाली क्रिकेटर सुनम गौतम अष्ट्रेलियाको प्रदेश क्रिकेट लिग क्रिकेट भिक्टोरियाको 'टिम अफ द सिजन' मा पर्न सफल भएका छन् ।
ग्रीनभेल कंगारूज क्लबबाट खेल्ने भिक्टोरियन क्रिकेट लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेका सुनमले पहिलो पटक टिम अफ द सिजनमा स्थान बनाएका हुन् । र, सुनम टिम अफ द सिजनमा पर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
यस सिजनको लिगमा सुनमले एक शतकसहित ६४४ रन बनाएका थिए । यस्तै बलिङमा सुनमले ३८ विकेट लिएका थिए ।

भिक्टोरियन लिगको टिम अफ द सिजनमा परेसंगै सुनमले अष्ट्रेलियाको बिग बास लिग खेल्ने सम्भावना बढेको छ । यस लिगलाई बिग बास लिगका लागि एक ढोकाको रुपमा समेत लिने गरिन्छ ।
नयाँ सिजनको बिग बास लिगमा पर्न सफल भए सुनम बिग बास दोस्रो नेपाली खेलाडी बन्ने छन् । यसअघि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग खेलिसकेका छन् ।