एजेन्सी । इटालियन क्लब नेपोली युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा साल्जबर्गसंग ३-१ गोल अन्तरले पराजित भएपनि समग्रमा ४-३ को जितसहित नेपोली क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा निकालेको ३-० को जितले नेपोली अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदानमा साल्जबर्गका मानुस, फ्रेडरिक र क्रिस्टोफले एक एक गोल गरे । नेपोलीका मिलिकले एक गोल फर्काए ।
अर्को इटालियन क्लब इन्टर मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अन्तिम १६ को दोस्रो लेगमा इन्टर जर्मन क्लब फ्रान्कफर्टसंग १-० ले स्तब्ध बन्यो । र, समग्रमा १-० को जितसहित फ्रान्कफर्ट क्वाटरफाइनलमा पुगेको छ । फ्रान्कफर्टको जितमा लुका जोभिकले निर्णायक गोल गरे ।
यस्तै स्पेनिस क्लब भ्यालेन्सियाले क्वाटरफाइनलमा स्थान बनाएको छ । अन्तिम १६ को दोस्रो लेगमा एफसी क्रास्नोडोरसंग १-१ गोलको बराबरी खेलेको भ्यालेन्सिया समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो ।
अर्को स्पेनिस क्लब सेभिया भने बाहिरिएको छ । सेभिया स्लाभिया प्रागुईसंग दोस्रो लेगमा ४-३ ले पराजित हुँदै समग्रमा ६-५ गोल अन्तरले पराजित भयो ।
पोर्चुगिज क्लब बेन्फिकाले दोस्रो लेगमा डिनामो जाग्रेबलाई ३-० ले हराउदै समग्रमा ३-१ को जित निकाल्यो । स्पेनिस भिया रियलले दोस्रो लेगमा जेनीथलाई २-१ सहित समग्रमा ५-२ को जितसहित अन्तिम आठको यात्र तय गरेको छ ।
योसंगै युरोपा लिग फुटबलको क्वाटरफाइनल समीकरण पुरा भएको छ । क्वाटरफाइनल पुग्ने ८ टोलीको तय भएको छ ।
यस सिजन स्पेन र इंग्ल्यान्डका समान २/२ क्लबले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
कुन कुन टिम पुग्ने क्वाटरफाइनलमा ?
चेल्सी
आर्सनल
नेपोली
बेन्फिका
भिया रियल
भ्यालेन्सिया
फ्रान्कफर्ट
स्लाभिया प्रागुई
