काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि बन्द प्रशिक्षण राखेका छन्। प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको थियो। त्यसबाट १७ लाई हटाउँदै ३१ खेलाडीमा सीमित गरिएको हो।
बन्द प्रशिक्षणबाट गोलकिपर कोपिला खड्का र सावित्री किशन बाहिरिएका छन्। यस्तै, डिफेन्डर सजनी थोकर, सेमी हाङ्गमा लिम्बू प्रधान र यशोदा शाही पनि दोस्रो चरणमा अटाउन सकेनन्। मिडफिल्डर सेनु परियार, सुक्रिया सुक्लुखु, सुक्रिया मिया, सम्झना लावती, साहरा लिम्बू, कुशुम खतिवडा, हेमा चौधरी, अञ्चली चन्द, बिर्सना चौधरी पनि अटाउन सकेनन्।
फरवार्ड जेनिफर मगर, अनिता लम्जेल बाहिरिएकी छन्। नेपालले मे ३० मा बन्द रंगशालामा अभ्यास खेल खेल्ने छ। जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल थाइल्यान्डको बैंककमा हुनेछ।
यी खेललाई एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६छनोट प्रतियोगिताको तयारीका रूपमा हेरिएको छ। छनोटको पहिलो चरण मे ४ बाट सुरू हुँदैछ। नेपाल रहेको ग्रुप ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छ।
थाइल्यान्ड भ्रमणमा राजेन्द्रले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
गोलकिपरः अञ्जिला तुम्बापोसुब्बा, अञ्जना रानामगर, उषा नाथ, लिला जोशी
डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी, सविना चौधरी
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हिमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, मीना देउवा, ममता पुन, पूर्णिमा राई