एजेन्सी । युरोकप छनोट खेलका लागि इंग्ल्यान्डले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । छनोट अन्तर्गत सुरुवाती दुई खेलका लागि इंग्ल्यान्डले २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
सन् २०२० मा आयोजना हुने युरोकप छनोट अन्तर्गत इंग्ल्यान्डले यहिँ मार्चमा चेक रिपब्लिक र मोन्टेनेग्रोसंग खेल्दैछ । इंग्ल्यान्डले घरेलु मैदानमा पहिलो खेल मार्च २२ मा चेक रिपब्लिक र २५ गते मोन्टेनेग्रोसंग खेल्नेछ ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले टोलीमा ३ गोलरक्षक, १० डिफेन्डर, ७ मिडफिल्डर र ५ फरवार्डलाई सामेल गरेको छ ।
इन्ग्लिश टोलीमा आइरीस मुलका वेष्ट ह्यामका मिडफिल्डर डीक्लेन राइसले पहिलो पटक स्थान बनाएका छन् ।

रिपब्लिक अफ आयरल्याण्डका मिडफिल्डर राइसले अन्तराष्ट्रिय फुटबलमा आयरल्याण्ड छाड्दै इंग्ल्यान्ड रोजेपछि फिफाले उनलाई मान्यता दिएको थियो ।
लण्डनमा जन्मिएका २० बर्षीय राइसले आयरल्याण्डको सिनियर र जुनियर टोलीबाट खेलिसकेका थिए । उनले सिनियर टोलीबाट ३ खेल खेलेका थिए । तर, राइसले अन्तराष्ट्रिय फुटबलका लागि इंग्ल्यान्ड रोजेका हुन् ।
इन्ग्लिश टोली :
गोलकिपर : ज्याक बुट्लाण्ड, टोम हेटोन, जोर्डन पिक्फोर्ड
डिफेन्डर : एलेक्जेन्डर आर्नोल्ड, बेन चिल्वेल,माइकल केन,ह्यारी मागुइरे,ड्यानी रोस,लुका श,जोन स्टोन्स,जेम्स तार्कोस्की,केइरन ट्रिएपर,केली वाल्कर
मिडफिल्डर : रोस बार्क्ले, डेली अली, फाबियान डेल्फ, एरिक डिएर, जोर्डन हेण्डरसन, रुबेन लोफ्टुस, डीक्लेन राइस
फरवार्ड : ह्यारी केन, मार्कुस राष्फोर्ड, जोर्डन सान्चो, रहिम स्ट्रलिङ,कलम विल्सन