पोखरा । पोखरामा सम्पन्न १७ औं संस्करणको आहा–रारा गोल्डकप फुटबलमा च्याम्पियन टोली थ्री स्टारका गोलकिपर एलेन न्यौपाने सर्वोकृष्ट खेलाडी चुनिएका छन् ।
थ्री स्टारलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका एलेन सर्वोकृष्ट चुनिएका हुन् । एलेनले आर्मीविरुद्धको फाइनलमा पनि २ पेनाल्टी बचाएका थिए । सर्वोकृष्ट खेलाडी बनेसंगै एलेनले एक थान स्कुटर प्राप्त गरेका छन् ।
यस्तै थ्री स्टारका अनिल गुरुङ सर्वाधिक गोलकर्ता चुनिएका छन् । प्रतियोगितामा ३ गोल गरेका अनिलले २५ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, आर्मीकै सन्तोस तामाङ उत्कृष्ट मिडफिल्डर र आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्डर बनेका छन् । थ्री स्टारका एलेन उत्कृष्ट गोलकिपर र मेघराज केसी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधामा उत्कृष्ट बनेकाले समान १५/१५ हजार नगद हात पारे ।
प्रतियोगिताको फेयर प्ले अवार्ड एपीएफ क्लबले हात पार्यो ।