पोखरां । आहा रारा गोल्डकप फुटबलको फाईनलमा थ्री स्टारविरुद्व विभागीय टिम आर्मीले सुरुवाती अग्रता लिएको छ । पोखरा रंगशालामा खेलको पाँचौ मिनेटमा आर्मीले अग्रता लिएको हो ।

टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा हेडमार्फत गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । उनी अनमार्क रहेको अवस्थामा सहजै बललाई पोस्टको दिशा दिए ।
आर्मी पहिलो पटक र थ्री स्टार पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रिएका छन् ।

विजेता टोलीको पुरस्कार :
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पाँच विधामा उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।