एजेन्सी । टोटेनहमका लागि प्रिमियर लिगका पछिल्ला दुई खेल निराशाजनक रह्यो ।
उसले पछिल्लो खेलमा चेल्सीसंग २–० को हार ब्यहोर्यो । त्यसअघि वर्नलीसंग २–१ को अप्रत्यासीत पराजय भोगेको थियो । दुई खेलमा राम्रो नतिजा निस्किएको भए टोटेनहम यतिबेला उपाधि होडमा बलियो हुने थियो ।
टोटेनहम यतिबेला शीर्ष स्थानको लिभरपुल भन्दा ९ अंकले पछाडी छ । र प्रिमियर लिगको आज (शनिबार) हुने खेलमा आर्सनलसंग भिड्दैछ । टोटनहमलाई उपाधि होडमा फर्कन हुन सक्छ एक अन्तिम अवसर बाँकी छ ।
टोटेनहम २८ खेलबाट ६० अंक सहित ताकिाको तेस्रो स्थानमा छ । आर्सनल ५६ अंक सहित चौथो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ६९ अंक छ ।
घरेलु मैदानमा हुने खेलमा चोटका कारण टोटनहमका डेली अली र ईरिक डायर मैदानमा अनुपस्थित रहनेछन् ।
यता, आर्सनलका मुख्य प्रशिक्षक उनाई ईम्रीलाई लाउरेन्ट कोसील्नी मैदान फर्कने विश्वास छ ।
टोटेनहम प्रशिक्षक माउरिसियो पोचिटिनो भने टिममा विश्वास राख्दै अघि बढ्नुपर्ने बताउँछन् ।
‘मैले सोचिरहेको भावना अजिब किसिमको छ । सिजनको सुरुवातमा कोही पनि आजको स्थितीमा हुनकालागि सोच्छ भने हामी त्यही अवस्थामा छौ ।’ उनले थपे, ‘मलाई लाग्छ, हामी फरक वास्तविकतामा छौ । किनकी सबै परिस्थितीको साथबाट हेर्दा त्यसो लाग्छ । विभिन्न कारणले गर्दा टोटेनहम यस अवस्थामा प्रशंसाको बढी लायक देखिन्छ ।’
‘पछिल्लो दुई नतिजाबाट हामी निराश छौ । तर टिमसंग हामीले भरोसा राख्न आवश्यक छ ।’ पोचिटिनो भन्छन् ।
आर्सनलका प्रशिक्षक उनाई ईम्री टोटेनहमको मैदानमा उनी आत्मविश्वासको साथ खेल्ने बताउछन् ।
‘दुई महिना अघि टोटेनहम र आर्सनलबीच १० अंकको फरक थियो । अब यो चार अंकमा झरेको छ । यो निकै ठुलो उत्साह हो ।’ उनले थपे, ‘यो निकै राम्रो अवसर हो कि जुन आत्मविश्वासका साथ हामी खेल्न गईरहेका छौ । पछिल्ला दुई खेल बिग्रिएपनि उनीहरु सिजनको राम्रो अवस्थामा छन् । हामी सम्मान गर्न चाहन्छौ ।’
आजै राति हुने अन्य खेलमा बर्नेमाउथले म्यान्चेष्टर सिटीलाई आतिथ्यता प्रदान गर्नेछ । ब्रिङटोनले हुडर्सफिल्डलाई निम्त्याउदाँ क्रिस्टल प्यालेस भने वर्नलीको भ्रमणमा निस्कनेछ । म्यानचेष्टर युनाईटेडले घरेलु मैदानमा साउथह्याम्पटनसंग खेल्दा उल्भ्सले कार्डिफ सिटी र वेस्ट ह्यामले न्युक्यासलसंग प्रतिस्पर्धा गर्नेछ ।