• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ईतिहास रच्ने आर्मीको दाउ, थ्री स्टार चाहन्छ रोक्न
नमीन ढकाल
शुक्रबार, फागुन १७, २०७५ नमीन ढकाल
ईतिहास रच्ने आर्मीको दाउ, थ्री स्टार चाहन्छ रोक्न

काठमाडौं । झट्ट सुन्दा, पोखरा पर्यटकिय नगरी हो ।

प्रकृतिको अनुपम उपहारले सजिएको पोखराले पर्यटकिय शहरको रुपमा ठुलो नाम कमाएको छ ।

पोखराको अर्को चिनारी भनेको खेलकुद पनि हो ।

सामान्य अर्थमा खेल भनेको हार र जितको नतिजा हो । तर पोखराले खेलकुदलाई कला र संस्कृतिको रुपमा अनुशरण गरेको छ ।

यसको राम्रो उदाहरण भनेको आहा रारा गोल्डकप पनि हो ।

२०५८ सालबाट सुरु भएको प्रतियोगिता १७ संस्करण सम्म आईपुगेको छ । विगत १७ बर्ष नेपाली राजनीति र खेलकुदले निकै ठुलो आरोह अवरोह ब्यहोर्यो ।
सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकप भने आफ्नै गति र वेगमा अगाडी बढिरह्यो । त्यसैले यो मोफसलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता बनेर बसेको छ ।

१७ औ संस्करणको उपाधि भिडन्तमा भोली (शनिबार) घरेलु फुटबलका दुई चीरप्रतिद्वन्दी क्लब आमने सामने हुनेछन् । विभागीय टिम त्रिभुवन आर्मी र अर्को पोखरेली फुटबल समर्थकको प्यारो क्लब रुस्लान थ्री स्टार ।

दुवै क्लब माछापुच्छ्रेलाई साक्षी राखेर पोखरेली दर्शकका अगाडी आफु उत्कृष्ट रहेको प्रमाणित गर्न प्रयास गर्नेछन् ।

थ्री स्टार र आर्मी घरेलु फुटलबका ठुला क्लब हुन् । कारण दुवै टोलीमा स्टार खेलाडीको जमघट छ । राष्ट्रिय टिमका खेलाडीका भरिएका दुवै टोलीको प्रतिस्पर्धा निकै चर्को हुने गर्छ ।

विभागीय टिम आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन, ईतिहासले त्यही भन्छ ।

तर १७ औ संस्करणको फाईनलमा त्यो ईतिहास रच्ने अवसर आर्मीलाई प्राप्त छ । राष्ट्रिय टिमका स्टार भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु लगायतका खेलाडीलाई फाईनल खेल एउटा परिक्षा पनि हो ।

यता, पोखरेली समर्थकको प्यारो क्लब थ्री स्टार पाँचौ पटक उपाधि जित्ने अभियानमा छ । पोखरेली फुटबलका ठुला स्टार अनिल गुरुङलाई समेत करियरको अन्तिमतिर घरेलु मैदानमा उपाधि जित्ने अवसर प्राप्त छ ।

दुवै टोली प्राप्त अवसरलाई सदुपयोग गर्दै पोखरामा उपाधि जित्ने दाबी गर्छन । शुक्रबार बिहान गरिएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने बिषयमा सहमती जनाए ।

थ्री स्टार प्रशिक्षक मेघराज केसीले दुवै टोलीको उपाधि जित्ने सम्भावना बराबरी भएको बताए ।

‘थोरै मौका पाइन्छ । त्यसलाई सदुपयोग गर्दै जित निकाल्नेछौ ।’ उनले भने ।

विपक्षीको गल्तीलाई हेर्दै खेलमा अग्रता लिने योजना रहेको उनले बताए ।

थ्री स्टारकै कप्तान बिक्रम लामाले फाईनल खेलमा कुनै दबाब नरहेको प्रतिक्रिया दिए ।

‘भुटानमा भएको प्रतियोगितामा फाईनल हा¥यौ । त्यो दुर्भाग्यको कुरा थियो । आर्मी बलियो टिम हो । उत्कृृष्ट टिम फाईनलमा पाएका छौ । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’ उनले थपे ।

यता, आर्मीका प्रशिक्षक नविन न्यौपानेले पोखराको भुमीमा ईतिहास रच्ने अवसर आफुलाई प्राप्त भएको बताए ।

‘दुवै टिम प्राय सेमिफाईनलमा खेलिरहेका छौ । एउटा ईतिहास रच्ने अवर प्राप्त छ । हामी जित्नका लागि खेल्नेछौ ।’ उनले भने ।

थ्री स्टार उत्कृष्ट टोली रहेको बताउँदै उनले नेपाली फुटबलका लागि आर्मी र थ्री स्टारको भिडन्त ‘एल क्लासि’को जस्तो भएको बताए ।

उनले आर्मीको लडाकु स्वभावले फाईनलमा राम्रो नतिजा निकाल्ने उल्लेख गरे ।

आर्मीका कप्तान भरत खवासले दुवै टिम बलियो भएको बताउँदै फाईनल निकै प्रतिस्पर्धात्मक हुने उल्लेख गरे । ‘अहिलेसम्म जितेका छैनौ, हामी ईतिहास बनाउनेछौ ।’ उनले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP