एजेन्सी । प्रिमियर लिग क्लब फुल्हमले प्रशिक्षक क्लाउडियो रेनरीलाई बर्खास्त गरेको छ । जिम्मेवारी दिएको १ सय ६ दिनमा क्लबले प्रशिक्षक रेनरीलाई बर्खास्त गरेको हो । क्लबले अस्थायी रुपमा स्काट पार्करलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
ईटालियन प्रशिक्षकले गत बुधबार साउथह्याम्टनसंग २–० को हार ब्यहोरेका थिए ।
स्लासिभषा जोकनोविक बर्खास्तमा परेपछि क्लबले प्रिमियर लिग विजेता लेस्टर सिटीका पुर्व प्रशिक्षकलाई जिम्मेवारी दिईएको थियो ।
६७ बर्षिया प्रशिक्षकले १७ खेलमा मात्र तीन जित निकाल्न सफल भए । पहिलो खेलमा साउथह्याम्टनलाई पराजित गरेपनि त्यसपछि लगातार ११ खेलमा उनी पराजित भएका थिए ।
क्लबको प्रमुख साहिद खानले भने, क्लाउडियो निकै कठिन बाटो हिडेका छन् । उनले पछिल्लो ८ खेलमा मात्र एक अंक जोडेका छन् । प्रशिक्षकको रुपमा उनले आफ्नो पहिलो ८ खेलमा ९ अंकको अग्रता दिएका थिए ।
सन् २०१६ मा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि जिताएका रेनरी लगत्तै ९ महिनापछि बर्खास्तमा परेका थिए । उनी फुल्हममा आउदाँ क्लब ५ अंक सहित पुछारमा थियो । उसले १२ खेलमा मात्र ५ अंक जोडेको थियो ।