काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदीसहित नेपालका ९ 'ए' डिभिजन क्लबले क्लब लाइसेन्सको मान्यता प्राप्त गरेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले क्लब लाइसेन्सको मापदण्ड पुरा गरेको ९ क्लबलाई क्लब लाइसेन्सको मान्यता दिएको हो ।
क्लब लाइसेन्स पाउने क्लबमा मनाङसहित थ्री स्टार क्लब,त्रिभुवन आर्मी क्लब,च्यासल युथ क्लब,मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, सशत्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब रहेका छन् क्लब ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले सन् २०१८ सम्म सदस्य राष्ट्रका सबै क्लबमा लाइसेन्स प्रणाली लागु गर्ने नीति लिएपछि नेपालका क्लबले प्रक्रिया अघि बढाएको थियो ।
फिफा र एएफसीको क्लब लाइसेन्स प्राप्तको लागि क्लबहरुले कम्तिमा १७ मापदण्ड पूरा गरेको हुनुपर्छ । त्यसमा क्लबको मैदान, खेलाडी सम्झौता, प्रशिक्षक संख्या, मार्केटिङ, मिडिया म्यानेजर, आर्थिक योजनालगायतका शर्त पूरा गर्नुपर्छ ।