बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

किन खस्कियो मनाङको प्रदर्शन ?

शनिबार, ११ फाल्गुण २०७५नमीन ढकाल
किन खस्कियो मनाङको प्रदर्शन ?
Loading ad...
mustang rice ad

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब, यस बर्षको लिग च्याम्पियन । अनि घरेलु फुटलबको सर्वाधिक सफल क्लब । उसले कीर्तिमानी आठौँ पटक लिग जित्ने क्रममा घरेलु फुटबलमा जबर्जस्त प्रर्दशन गर्यो ।

लिगको दौरान क्लबले ब्यहोर्ने खेलाडी चोटको समस्याले मनाङलाई नसताएको होईन, तर मैदान भित्र त्यसको कुनै प्रभाव परेन । त्यसैले त दुई खेल अगावै मनाङ लिग च्याम्पियन भएको थियो । अन्तिम खेलमा फ्रेन्ड्संग हार्नु बाहेक लिगमा मनाङलाई कसैले चुनौती दिन सकेन ।

Image may contain: 26 people, people smiling, people standing

मनाङ धन्नै धन्नै अपराजित रहदै लिग च्याम्पियन बन्ने अभियानमा थियो । तर कमजोर मानिएको फ्रेन्ड्सले मनाङको जितलाई खल्लो बनाईदियो । लिगको दौरान मनाङले घरेलु फुटबलका बलिया क्लब थ्री स्टार र आर्मी जस्ता क्लबको चुनौती सहजै पाखा लगाएको थियो ।

नेपालको घरेलु फुटबलको बिशेषता भनेको लिग सकिने बित्तिकै मोफसलका गोल्डकपको लहर सुरु हुन्छ । नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको पुरस्कार समेत राम्रै हुन्छ । सबै आयोजकको रोजाईमा राष्ट्रिय टिमका खेलाडीले भरिएका क्लबनै पर्छन् । त्यसमा मनाङ र थ्री स्टार छुट्ने कुरै भएन ।

लिगमा गरेको प्रर्दशनका आधारमा मनाङले मोफसलका प्रतियोगिताका राम्रो नतिजा निकाल्ने अपेक्षा गरिएको थियो । तर परिणाम ठिक विपरित छ । लिग सकिए लगत्तै मोफसलका प्रतियोगितामा खेल्न निस्किएको मनाङको अवस्था निकै नाजुक छ । सातौँ गोल्डकपसम्म आईपुग्दा मनाङ उपाधिबाट मात्र बिमुख छैन, मात्र एक प्रतियोगिताको फाईनल पुगेको छ ।

लिग लगत्तै खप्तड गोल्डकप खेलेको मनाङ पहिलो खेलमै विभागीय नेपाल पुलिससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।
लगत्तै उसले मदन भण्डारी स्मृति ईटहरी गोल्डकप खेल्यो । फाईनलसम्म समेत पुग्यो तर उपाधि भिडन्तमा आर्मीसंग पराजित हुन पुग्यो ।

ईटहरीबाट पोखरा हिडेको मनाङ मनकामना केबलकार पोखरा कपमा क्यामरुनको दाउफिन्ससंग पराजित हुदै सेमिफाईनलबाट बाहिरिएको थियो । गत बिहीबार बुटवलमा सुरु भएको तिलोत्तमा गोल्डकपको पहिलो खेलमै च्यासल युथसँग पराजित हुँदै मनाङ क्वार्टरफाईनलबाटै बाहिरियो ।

लिग च्याम्पियनको रुपमा एएफसी कपको छनोट खेल्ने तयारी गरेको मनाङलाई मोफसलको प्रर्दशनले समस्यामा पारिदिएको छ । मनाङको नतिजाबाट प्रशिक्षक सुमन श्रेष्ठ समेत अचम्मित छन् ।

‘सबै खेलाडी राम्रा छन् । लिग खेलेका खेलाडीनै खेलिरहेका छन् । तर के मिलेको छैन के, म आफै हैरानीमा छु ।’ उनले भने ।
‘अभ्यासमा भनेको जस्तै हुन्छ, जव मैदान उत्रन्छौ रिजल्टनै आउँदैन । भनेको अनुसार प्रर्दशनमा मेल खाएको देखिदैन ।’ सुमन थप्छन् ।

मनाङलाई खेलाडीको चोटले समेत पिरोलेको छ । लिग च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका अन्जन विष्ट, विशाल राई र विदेशी खेलाडी एडेलाजा सोमिडे घाईते छन् ।तीनै खेलाडी मोफसलमा खासै खेलेको छैनन् । अर्का स्ट्राईकर डोना थापाले भर्खरै खुट्टाको शल्यक्रिया गरेर आराम गरिरहेका छन् ।

मनाङ आहा रारा गोल्डकप खेल्न यतिबेला पोखरामा छ । लगत्तै मनाङ एएफसी कपको तयारीमा जुट्नेछ । मनाङ क्लबको नेतृत्वमा भर्खरै मात्र नयाँ कार्यसमिति आएको छ । प्रत्येक दुई बर्षमा क्लबको नेतृत्व फेरिन्छ ।

कतै क्लबको नेतृत्व परिवर्तनको प्रभाव क्लबमा परेको त होईन ? ‘समितिको चयनले खेलाडीको प्रर्दशनमा फरक पार्ने त हुदैन । तर लामो समय एउटै नेतृत्व नहुदाँ केही फरक त पर्छ नै । एउटा आएर काम गर्न खोजेको हुन्छ । नेतृत्वमा परिवर्तन हुदाँ काम हुन पाउदैन ।’ प्रशिक्षक सुमन भन्छन् ।

मोफसलको प्रतियोगितामा मनाङको खस्कदो प्रर्दशनले क्लबका पदाधिकारीलाई समेत बिलखबन्दमा पारिदिएको छ । मनाङका नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष मुखिया लामा समेत क्लबको प्रर्दशनलाई लिएर चिन्ता व्यक्त गर्छन् । ‘मैले बुझ्न सकिरहेको छैन । किन रिजल्ट आएन भनेर हामी समेत चिन्तित छौ । नाम चलेकै खेलाडी छन् । तर रिजल्ट आएको छैन ।’ उनी भन्छन् ।

Image may contain: 5 people, people smiling, people playing sports and people standing

‘प्रशिक्षकसंग कुरा गरिरहेका छौ । मेहनत गरेको कुरानै गर्छन् । तर नतिजा आएको छैन । हामीले हाम्रोतर्फबाट गरेका छौ । खेलाउने कोचले हो । तर हामीलाई चोटको समेत समस्या छ ।’ मुखिया थप्छन् ।

घरेलु फुटबलको खर्चिलो र सफल क्लब मनाङको एउटै उद्वेश्य हुन्छ, मात्र उपाधि । तर राम्रा खेलाडीले भरिएको मनाङ मोफसलमा खाली हात छ ।
लिग विजेताको हैसियतमा मनाङले एएफसी कप खेल्दैछ । अब घरेलु फुटबलको महारथी मनाङले एसियाली स्तरमा समेत आफ्नो चुनौती पेश गर्नेछ । चिन्ताको बिषय भनेको मोफसलका प्रतियोगितामा ओरालो लागेको मनाङको प्रर्दशन एएफसी कपमा कस्तो हुन्छ भन्ने हो ?

प्रत्येक देशका लिग विजेता टोलीले खेल्ने एएफसी कपमा मनाङ मात्र जोडिने छैन । नेपाली क्लब फुटबलको स्तर समेत देखाउनुपर्ने उसमाथि चुनौती छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा