आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

क्षमता र खेल्ने शैली हेरेर योजना बन्नेछ : योहान कालिन (अन्तरवार्ता)

शुक्रबार, फागुन १०, २०७५खेलपाटी संवाददाता
क्षमता र खेल्ने शैली हेरेर योजना बन्नेछ : योहान कालिन (अन्तरवार्ता)
Classic Tech Internet Ad

योहान कालिन पुन एक पटक नेपाल फर्किएका छन् । पाँच बर्षपछि नेपाली फुटबलमा फर्कदा उनको परिचयमात्र बदलिएको छैन, हैसियत समेत फेरिएको छ ।

पाँच बर्ष अगाडी अर्थात २०७० सालमा ए डिभिजन क्लब मछिन्द्रलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए । फेरी एक पटक उनी राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको नयाँ हैसियतमा आज (बिहिबार) नेपाल छिरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अपरान्हमा ओर्लिने बित्तिकै उनी केही पत्रकारबाट घेरिन पुगे । पत्रकारले उनका योजना र नेपाली भविष्यको बिषयमा केही प्रश्न तेर्साए । नेपाली फुटबलको नतिजा र भविष्य बदल्ने अपेक्षा सहित एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका कालिन के उद्वेश्यमा सफल होलान् ?

खेलपाटीकर्मी विश्वास थापाले तयार पारेको अन्तरवार्ताको सम्पादित अंश :

तपाइले सुरुमा ए डिभिजन क्लब मछिन्द्रसंग आबद्ध भएर काम गरिसक्नु भएको छ, अब नेपाली फुटबललाई कसरी अगाडी लैजानुहुन्छ ?

मछिन्द्रसंग आबद्ध हुँदा तल्लो तहबाट प्रशिक्षण गराउथे । खेलाडी समेत अनुशासित भएर सिक्न निकै उत्साहीत रहन्थे । आउने बर्ष खेलाडी फुटबलले कठिन चनौतीको सामना गर्नुपर्नेछ । घरेलु लिग सुरु भएको छ । मेरो अनुभवले नेपाली खेलाडी निकै मेहनती छन् । म विश्वास गर्छु, नेपाली फुटबलमा मैले केही गर्नेछु ।

पछिल्लो समय नेपाली फुटबललाई कसरी नियाल्नु भएको छ ?

मैले इन्टरनेटबाट नेपाली फुटबललाई फलो गरिरहेको थिए ।

सुरुवातीमा तपाईबाट कस्तो अपेक्षा राख्न सक्छौ ?

सुरुवाती समयमा ठुलो नतिजा आउन गाह्रो छ । तर जुन गल्ती हामीले गर्दै आएका थियौ, त्यसलाई सुधार गर्न कदम अघि बढाउँछौ । सुरुमा सबै खेलाडीसंग चिनजान गर्नेछु । उनीहरुको खेल्ने शैली र क्षमतलाई हेर्नेछु । सोही अनुसार योजना बन्नेछ ।

पछिल्लो समय नेपाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा ठुलो सफलता प्राप्त गरेको छ । फुटबलबाट के अपेक्षा गर्न सकिन्छ ?

मलाई थाहा छ, नेपाली खेलाडी प्रतिभाशाली छन् । तर हामीले सही नेतृत्व गर्न सक्ने संस्था पायौ भने हामीले निकै राम्रो गर्न सक्छौ । म पाँच बर्षपछि नेपाली फुटबलमा फर्किएको छु । म सुरुवाती तहबाटै काम गर्नेछु ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल