चर्चमाथि फ्रेन्ड्स हाबी

काठमाडौं। चर्च बोइज युनाइटेडलाई राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा चर्च बोइजमाथि फ्रेन्ड्सले २–० को सानदार जित निकालेको हो। तेस्रो जितसँगै फ्रेन्ड्स ११औं स्थानमा उक्लिएको छ। लिगमा १० खेल खेलको फ्रेन्ड्सले १२ अंक जोडेको छ।
चर्च बोइजको भने यो दोस्रो हार हो। समान खेलबाट चर्च बोइजको २२ अंक रहेको छ। २३औं मिनेटमा चर्च बोइजको मिलन राईले गरेको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर मौसम लुङ्गेली मगरले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।
त्यसको चार मिनेटपछि मसया टहराले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाए। कमल श्रेष्ठले बायाँ कर्नरबाट आएको बललाई दायाँपट्टी क्रस गर्दा चर्च बोइजको गोलकिपरले दीप कार्कीले पञ्च गरे। तर, उक्त बललाई प्रवेश बस्नेतको हाफ भालीमा टहराले सानदार गोल गर्दा दीप निरीह बने।
४५औं मिनेटमा आशिष चापागाईंको पासमा मौसम सुब्बाले गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए।






-1773571925193.webp&w=3840&q=75)





