आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

आइतबार, ०१ चैत्र २०८२खेलपाटी संवाददाता
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं। चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो।

रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे। संकटा क्ल्बबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्डुकरले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्वपूर्ण भएको बताए।

राष्ट्रिय यू ८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे। निहाना श्रेष्ठ क्वीन अफ दि हिमालयज २०२५ घोषित् भइन्। त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे। विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी (युरोपोयिन युनियनका लागि पूर्वराजदूत पनि हुन्), राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहानिर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक संघका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई प्रदान गरे। त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए।

कार्यक्रममा राखेपका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, लक्ष्मी सनराइज बैंकका वरिष्ठ उपकार्यकारी प्रमुख सुमेद भट्टराई, राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, एतिहास रच्दै आएकी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ, पर्वतारोही पूर्णिमा श्रेष्ठ, हिमालयन आउटडोर प्रोजेक्टका सहसंस्थापक अनुप गुरुङ, राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, सदस्य कुमार लामा घिसिङ, काठमाडौं महानगर ४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको उपस्थिति रहेको थियो।

एकेडेमीकी संस्थापक खम्बूले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुती दिएकी थिइन्। एकेडेमीले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा आयोजना गर्दैछ। विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ। एकेडेमीको यो १४ औं प्रतियोगिता हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा