बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

शनिबार, भदौ ४, २०७९खेलपाटी संवाददाता
'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका पूर्व बलर अमृत भट्टराई हाल अष्ट्रेलियामा बस्दै आएका छन् । भट्टराईले नेपालका लागि एक टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

नेपाली क्रिकेटमा लामो समय बिताएका भट्टराई नेपाली क्रिकेटमा भविष्य नदेखेर विदेशिएका एक पात्र हुन् । तर, भट्टराईले खेल्दा र हालको नेपाली क्रिकेटको अवस्थामा धेरै नै फरक रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले हालै फ्रेन्चाइज क्रिकेट नेपाल टी-ट्वान्टी लिगको घोषणा गरेको छ । पहिलो संस्करणको प्रतियोगिता असोज ८ देखि कात्तिक ५ सम्म हुनेछ । 

नेपाल टी-ट्वान्टी लिगमा केन्द्रित रहदै नेपाली क्रिकेटबारे खेलपाटीका संवाददाता सागर अधिकारीले भट्टराईसँग कुराकानी गरेका छन् ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-ट्वान्टी लिगलाई कसरी हेर्नुहुन्छ ?

नेपाली क्रिकेटरका लागि यो राम्रो अवसर हो । यसले गर्दा खेलाडीको आर्थिक स्थितिमा समेत राम्रो मद्दत दिनेछ । यसले गर्दाले क्रिकेटमा लाग्न नयाँ पुस्तालाई धेरै नै प्रेरणा मिल्नेछ । जीवन चलाउनकै लागि म जस्तो विदेश आउनु नपर्ला कि भन्ने अपेक्षा छ ।

नेपाल टी-ट्वान्टी लिगको भविष्य कस्तो देख्नु हुन्छ ?

नेपालमा जुन किसिमको क्रिकेटलाई माया गर्ने समर्थकहरु हुनुहुन्छ , यसका कारण यस लिगको भविष्य राम्रो छ । तर, सँगै जुन किसिमको घरेलु संरचना स्थापित हुनु पर्ने हो तर त्यो नहुदा घरेलु खेलाडीबाट राम्रो खेल निरन्तर नआएर यो लिग नै कतै धरापमा पर्ला कि भन्ने डर चै रहेको छ । मल्टि डे क्रिकेटमा हाम्रा खेलाडी अभ्यस्त हुन जरुरी रहेको छ । त्यसपछि मात्र यस्ता लिग खेल्न तयार हुन्छन् । क्यानको लगानी पनि यस्ता प्रतियोगितामा भन्दा मल्टि डे क्रिकेटतर्फ नै रहनु पर्छ ।

तपाईले घुमाउरो रुपमा यस लिगको विरोध गर्नु भएको हो ?

विरोध होईन, म त भनिरहेको छु यस्ता लिग त राष्ट्रिय रुपमा मात्र नभएर हरेक प्रदेशमा हुनु पर्छ । मेरो भनाई टी-ट्वान्टीमा मात्र हामी बढी केन्दित भयौ कि भन्ने हो । हामी जबसम्म मल्टि डे क्रिकेटमा अभ्यस्त हुदैनौ तब सम्म यस्ता लिगले मात्र नेपाली क्रिकेटमा योगदान दिन कठिन छ ।

हामीले छिमेकी मुलुक भारतमा आईपीएलको जुन सफलता देखेका छौँ के त्यो नेपालमा सम्भव छैन त ?

सम्भव छ तर म फेरी पनि भन्छु पहिले हामी मल्टि डे क्रिकेटमा अभ्यस्त हुनै पर्छ । आईपीएलमा सहभागी हुने हरेक भारतीय खेलाडी त्यहाँको घरेलु मल्टि डे क्रिकेटमा भिजिसकेको हुन्छ । उसमा हरेक विदेशी खेलाडीलाई चुनौती दिन सक्ने क्षमता रहेको हुन्छ । उ राम्रो प्रदर्शनको योग्य रहन्छ तब भारतीय खेलाडी सफल हुन्छ आईपीएल त आफै सफल हुन्छनै । तर, हाम्रोमा भने अवस्था ठिक उल्टो छ ।

नेपाली क्रिकेट विकासका के गर्ने त ?

यस लिग त सुरु हुने पक्का नै भईसक्यो । यसलाई सफलताको शुभकामना रहेको छ । यस लिगलाई आईपीएलको लेभलमा ल्याउने क्यानको चाहना हो भने मल्टि डे क्रिकेट आयोजनामा ध्यानआकृष्ट हुन जरुरी छ । जब सम्म खेलाडीलाई मल्टि डे क्रिकेटमा राम्रो बनाउन सकिदैन तब सम्म यस्ता लिगको भविष्य यसै भन्न सकिन्न ।

Bajaj Pulsar Motorcycle Ad
'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !